"DEVIGHAT LOVE MOST PLACE OF DEV"
Devghat is a popular pilgrimage spot situated at the confluence of the Kali Gandaki and Trisuli rivers. It lies just north of the jungle safari destination of Royal Chitwan National Park. During the Makar Sankranti festival in January, Hindu devotees gather here to take holy dips in the river. There are a number of sacred and historical sites around Devghat which provide interesting side trips: the Triveni temple and Balmiki Ashram where the great sage Balmiki had his retreat, the Someswar Kalika temple and fort, Pandavanagar where the protagonists of the Mahabharat once lived and the Kabilaspur fort built by the old kings of Palpa.Access: Buses shuttle between Narayanghat and Devghat, taking about half an hour, but the one hour walk along the footpath parrallel to the river through the woods is more pleasant.Accommodation: There is no lodging at Devghat.
देवीघाटको जालपादेवी मन्दिर
बालाजुदेखि करिब ७० किलोमिटरको दूरीमा देवीघाट अवस्थित छ । पौराणिक महत्व बोकेको यस क्षेत्रको भौगोलिक आकार-प्रकार अचम्मको छ । काठमाडौं-त्रिशुली सडकखण्डको पिपलटारबाट हिँडेर २० मिनेटमा देवीघाट पुग्न सकिन्छ । भौगोलिक बनोटको आकर्षणले होला यहाँको जग्गाको किनबेच दुर्लभ किसिमले त्यो पनि महँगो भाउ हुनेगर्छ । समथर भूभागमा दाँया र बाँया हरियो पहाडको आँगनमा दुवैतिरका पहाडले स्नेहपूर्वक अञ्जुलीमा लिएजस्तो देवीघाट लतमन्न फराकिलो भएर बसेको छ । अजङ्गको हात्ती वर्षौंदेखि स्थानीय रूपले बसिरहेको झैं लाग्ने देवीघाट पश्चिमतर्फो पहाडलाई कसैकसैले हात्ती पहाड पनि भन्ने गर्दा रहेछन् । गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखाबाट थालनी गरेको एकीकरण अभियानको पहिलो सिकार नुवाकोटलाई बनाएका थिए । त्यही मनोरम नुवाकोटको विदुर नगरपालिकाअर्न्तर्गत देवीघाट पर्दछ । अधिकांशको मत थियो कि, त्यस युद्धकालमा नुवाकोटमा नौवटा कोटहरू थिए । कालान्तरमा नुवाकोट भन्न थालियो । देवीघाट धार्मिक महत्वका दृष्टिले बढी प्रचलित भए पनि अन्य विभिन्न पक्षहरूले पनि यहाँको महत्व दर्शाउँछ । नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाह आफ्नो जीवनको अन्तिम क्षण यसै स्थानमा थिए । त्रिशुली नदी किनारमा रहेको ठूलो चट्टानमुनी सुस्ताउने बहानामा उनले आफ्नो भौतिक कायालाई सदाका निम्ति बिश्राम दिएका थिए । त्यो स्थान नेपालको इतिहास खोज्नेहरूका लागि गन्तव्य बनेको छ । सरकारी उदासिनताको बाबजुद स्थानीयबासीले पृथ्वीनारायण शाहले वि.स. १८७१ मा प्राणत्याग गरेको सो स्थानको गरिमा र महत्वलाई बचाई राखेका छन् । पौरखी हातहरूले, पुर्खाप्रतिको सम्मान र संस्कृतिले । देवीघाटको जालपादेवी मन्दिर प्रमुख आकर्षण हो । जालपादेवीलाई 'इच्छाएको काम' पूरा गर्ने देवीका रूपमा सबैले आस्था राख्दै आएका छन् । जालपादेवीको मन्दिर त्रिशुली ताँदी नदीको दोभानमा छ । त्रिकोणात्मक बिन्दुमा जालपादेवीको मन्दिर विशेष शक्तिको संकेत दिँदै बालुवा अडिग छ । जालपादेवीलाई ६ महिना पानीमा र ६ महिना जमिनमा बस्ने देवी पनि भनिन्छ । यो मन्दिर लगभग ६ महिना दुवै नदीमा बढेको पानीको प्रवाहले डुब्ने अवस्थामा हुन्छ । दशैंको सँघारमा नदीको पानीको प्रवाह कम हुन्छ र भक्तजनले मन्दिरलाई पुनः सफासुग्घर गरी पूजाआजालाई निरन्तरता दिने गर्दछन् । जालपादेवी र नुवाकोट दरबारमा अवस्थित भैरवीमाता दुई दिदीबहिनी मानिन्छ । प्रत्येक वर्षको वैशाख पूणिर्माको दिन भैरवीलाई नुवाकोट दरबारबाट धामी-धमीनीसहित सुरक्षाको दलबल दिदी जलपादेवीलाई भेटाउन ल्याउने प्रचलन छ । आर्श्चर्यको कुरा जलपादेवी रहेको देवीघाट क्षेत्रका केही वृक्षहरू भैरवीदेवी भएको दिशातर्फझुकेका छन् भने उता भैरवी क्षेत्रका वृक्षहरू जलपादेवीतर्फनिहुरिएका छन् । पौराणिक विश्वासका आधारहरू बेग्लाबेग्लै भए पनि आफ्नो परम्परा-संस्कृतिलाई स्थानीयबासीले संरक्षण गरिरहेका छन् । उनीहरू धाम-धामीनीलाई इश्वरको अंश मानी श्रद्धा गर्ने गर्दछन् । उर्लंदो त्रिशुलीको आवाज सुनेर नथाक्ने यहाँका बासिन्दा कृषिजन्य काममा थोरै मिहिनेतले धेरै उब्जनी हुने हुँदा फुरुङ्ग छन् । गाउँमा बिजुली छ, सञ्चार छ, प्रत्येकजसोको हातमा मोबाइल छन्, परिवार टीभीमा झुम्मिएको छ, केही घरधुरीमा इन्टरनेटको सुविधा पनि छ । अध्ययनको सिलसिलामा, कामको दौरानमा टाढा बस्दा आफन्तहरूसँगको कुराकानी सम्भव छ । मन लागे ग्यास वा विद्युत्बाट खाना पकाउँदा भयो, नत्र वनजङ्गल प्रशस्त छ । देवीघाटमा यातायातको दोहरो सुविधा छ । एकातिर काडमाडौंदेखि र अर्कोतर्फ धादिङतर्फको बाटो जोडिएको छ । भारतको सहयोगमा त्रिशुलीमा बिजुली उत्पादन केन्द्र बनाएपछि त्रिशुली खण्डको बाटो निर्माण सम्भव भएको थियो । अब चीनसँगको व्यापार सहज बनाउन सुविधासम्पन्न राजमार्ग बन्ने सम्भावनाले मुर्तता पाउँदैछ । त्यसपछि यहाँको जनजीवन सुन्दर हुने अड्कल स्थानीयबासीको छ । संस्कृतिको जगेर्नालाई निरन्तरता दिने देवीघाटमा संस्कृत विद्यालय पनि सञ्चालनमा ल्याइएको छ । जलपादेवीमा बढ्दो भक्तजनको चाप र असुविधालाई ध्यानमा राखेर देवीघाटबासीले त्रिशुली किनारमा रहेको आँपको बगैंचामाझ एक हजार शिवलिङ्ग स्थापना गर्ने उद्देश्यले निमार्ण कार्यलाई तीव्रता दिइएको छ । अब देवीघाटको सुन्दर पहिचानले अझ व्यापकता प्राप्त गर्ने विश्वास स्थानीयबासीको छ ।

No comments:
Post a Comment